गरीवको सारथी वन्यो प्लान इन्टरनेश्नल र किर्डाक नेपाल

१३ असार २०७८,कालिकाेट /- नेपालका ७७ जिल्ला भित्रको अत्यन्तै पिछडीको जिल्ला हो कालिकोट यस जिल्लामा करीव ३३ प्रतिसत दलित समुदायको वसोवास रहेकोछ । यस जिल्लामा दलित समुदायहरु प्रायजस्सो प्रारम्परागत आफ्नो पेशा ले काम गर्दछ । दर्जि समुदायहरु कपडा सिलाएर जिविको चलाउदछन भने कामी समुदायहरु सुनको काम, फलामको काम हरु गर्ने गर्दछन् । त्यस्तै सार्कि, वादी, लगायतका समुदायका मान्छेहरु पनि आफ् आफ्नो खालको परम्परागत पेशा द्धारा जिविको निर्वाह गर्ने गर्दछन् । कालिकोट जिल्लाको अवस्थालाई हेर्नेहो भने अधिकांश दलित समुदायको जग्गा जमिन नै नरहेको छ । उनिहरुले दिनभरी ज्याला मजदुरी गरेर जिविको चलाउनु परेको छ ।

कालिकोट जिल्लाकै पश्चिम तिर पर्ने रास्कोट नगरपालिका स्थित वडा नं ८ वस्ने वुवा पुसे कामि र आमा जन्पुरा कामि को छोरी अस्मीता वि क को अवस्था पनि निकै दर्दानाक रहेको थियो । उनकी आमा जनपुरा कामीको गरीवि भोकमरी तथा विमारीको कारण १० वर्ष पहिले गाउकै मेडिकलमा उपचार गर्न नसकेर मृत्यु भएको थियो । आमाको मृत्यु भएको दुई वर्ष भित्र उनका वुवाको एका एक विरामी भएर मृत्यु हुनु परेको थियो ।

आमा वुवा दुवै गुमाईसके पछि अस्मीता र उनको एक वटा दिदि, एक वटा वहिनि र एक वटा सानो दुई वर्षको भाई उनको अंकल हंशे कामी र उनको अन्टी कल्पना कामीको घरमा गएर वसे अंकल अन्टीको घरमा वसीरहेको अवस्थामा ५,६ महिना पछि उनको भाईको निमोनिया भएर उपचार नपाएर मृत्यु भयो । त्यो कारण ले उनलाई झनै ठुलो वर्जपात पर्यो । अंकलको घरको पनि वसाई निकै कष्टकर भई सके पछि ४ वर्ष पछि कल्पनाको दिदि ले १४ वर्ष मै विवाह गरेर जानुपर्ने अवस्था रहेको थियो । कल्पना ले उनको अंकलको घरको काम काज गुर्नपर्ने, गाई भैसी चराउन जानुपर्ने, जिविको पार्जनका लागी अर्काको घरमा काम गरेर दिन चार्य चलाउनु परेको अवस्था रहेको थियाे ।

विगत दुई वर्ष यता प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा कालिकोट जिल्लामा विभिन्न खालका शैक्षिक गतिविधि र कोभिड प्रतिकार्यका कार्यक्रम संचालन भईरहने क्रममा विभिन्न दलित गरीव र विपन्न समुदायका व्यक्ति तथा घर परीवार लाई लक्षित गदै आईरहेको छ ।

यसै क्रममा अस्मीता पनि स्पोन्सर वालवालिका र घरपरीवारको हिसावले लक्षित हुन पुगेछीन । अस्मीता लाई शैक्षिक क्षेत्रवाट लक्षित होस भन्ने मान्यताका साथ प्लान ईन्टरनेश्नल नेपालको हरेक कार्यक्रम वाट किर्डाक नेपालले उनलाई सहयोग गदै आईरहेको छ । विगतका वर्षहरुमा उनलाई झोला, कापि कलम पेन्सील जस्ता समाग्रीहरुको सहयोग भएको थियो । भने यस वर्षमा पनि अस्मीता लाई युनिर्फम , झोला, कापि, कलम, पेन्सील ईरेजर र कटर जस्ता समाग्रीहरु कर्णालि शिक्षा परीयोजना मार्फत सहयोग गरीएको छ ।

प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य कमोडिटी भौचार खाद्य्य सहयोग कार्यक्रम मार्फत रास्कोट नगरपालिका १८० विपन्न, गरीवि, अपांगता, टुहुरा स्पोन्सर वालवालिकाहरु लाई कोभिडको समयमा उनिहरुको भएको भोकमरी समस्या लाई समाधन होस र चुलो वलोस भनेर सहयोग गरेको राहतमा अस्मीता लाई पनि लक्षित गरीएको थियो ।

उनलाई ७५ के जि मसिनो चामल, २० के जि मसुरोका दाल, ६ के जि चना, ६ के जि रातो सिमि, ६ के जि सेतो केराउ, ६ लिटर खाने तोरीको तेल, ६ के जि आयोडिन युक्त नुन, ६ के जि चिनि र १५ पिस १२५ ग्रा म को हात धुने सावुन वितरण गर्दा उनी निकै खुसी भएकी छन् । उनि भन्छन् प्लान नेपाल र किर्डाक नेपाल विगत दुई वर्ष यता मेरो सारथी वनेको छ , म अंधकारको वाटोमा हिन्न खोजिरहेको थिए । मं संग स्कुलमा पढ्नुपर्छ भन्ने अभिभावक पाएको थिईन । मलाई सहयोग गर्ने कुनै अभिभावक थिएन हाल दुई वर्ष यता किर्डाक नेपालका कर्मचारीहरु आएर पढ्न उत्प्रेरीत गर्नुभयो । शैक्षिक समाग्री वर्षेनि प्रदान गुर्न भयो । हाल आएर मलाई १३५०० वरावरको खाद्य समाग्री पनि दिनुभयो मेरो गरीवि र शैक्षिक अंन्धकारको घाउलाई पुरीदिनु भयो । म सारै हर्सित छु म कहिल्यै पनि विर्सिने छैन प्लान नेपाल र किर्डाक नेपाललाई जसका कारण मेरो सुनौलो भविष्यको वाटोमा म हिडिरहेको छु । आगामि दिनमा पनि यसरी नै सहयोगको अपेक्षा राख्दछु भन्दै सहयोगी सस्थालाई धन्यवाद दिनु भएको छ ।
विभिनन दातृ निकायको सहयोग लिएर किर्डाक नेपाल  विगत  २२ वर्ष यता यस्ता खालका गरीवी भोकमरी र शिक्षा क्षेत्रमा काम गदै आईरहेको छ ।