भण्डारबाडामा पुग्याे सिंचाई कुलाे

कालिकोट- विगत चार वर्ष अघि अभिरल वर्षाका कारण तिलागुफा नगरपालिका वडा न‌ ७ स्थित छाप्रेको भण्डारवाडामा पहिरोले लिएको सिचाई कुलो नयाँ निर्माण भएको छ ।

२०७२ सालमा आएको ठुलो वर्षाका कारण कच्ची कुलो हाल नगरपालिकाको २० लाखको लगानमिा पक्की निर्माण भएको छ ।
निर्मित पक्की कुलोले छाप्रे स्थीत भडारवाडाका १३ हेक्टर जमिन सिचाई हुने नगरपालिका मेयर रतन वहादुर शाहीले वताउनु भएको छ ।


शाहीका अनुसार तिलागुफा नगरपालिकामा रहेका हरेक वस्तीका खेतवारी सिचाई गर्नका लागी पक्की नहर निर्माण गरेर व्यावसायिक खेती गर्न तर्फ उन्मुख गराउने पालिकाको लक्ष्य रहेको वताउनु भएको छ ।

भण्डारावाडा मा निर्मित सिंचाई कुलाे कुलाेकाे अनुगमन समितिका संयाेजक तिलक न्याैपानेकाे नेतृत्वमा ईन्जिनियर भरत विष्ट, वडाध्यक्ष, असिस्टेन्ट सव ईन्जिनियर कम्वर बहादुर बम, सब ईन्जिनियर बिरमंजन शाहीले अनुगमन गर्नुभएकाे िथयाे ।