समाजिक सुरक्षा भत्ता वितरण का लागी घरमै वैक सेवा संचालन

१८ असार २०७९/- कालिकाेट

सान्नीत्रिवेणी गाउँपालिकाले सामाजिक सुरक्षा भता वितरणका लागी घरघरमै घुम्ती वैक सेवा प्रवाह गरी नागरीकहरु लाई सरल र सहज सेवा प्रदान गरेको छ ।

स्थानिय तहको निर्वाचन सकिएलग्गतै पालिकाको निति तथा कार्यक्रमा पारेको सहज सामाजिक सुरक्षा भक्ता वितरण कार्यक्रम सान्नित्रिवेणी गाउपालिकाले कार्यन्वयनमा ल्याएको छ ।

सामाजिक सुरक्षा भक्ता वितरण कार्य हरेक वडाको टोलटोलका हरेक घरघरमा गएर अपांग असाय, वृद्धवृद्धा र एकल महिला लाई सेवा प्रदान गर्ने उदेश्यका साथ घरघरमा घुम्ती वैक तथा नागरीकको हातहातमा सामाजिक सुरक्षा भक्ता वितरण गरीएको सान्नित्रिवेणी गाउपालिकाका उपाध्यक्ष पार्वति सिहँ संज्यालले जानकारी दिएकी छन् ।

उपाध्यक्ष संज्यालका अनुसार पालिकामा हरके असाय, अपांग, वृद्धावृद्धा र एकल महिलालाई सधै पालिकामा दौडधुपको क्रममा हुने सास्तीको अन्त्यका लागी यो अभियानको थालनि गरेको र आगामि दिनमा यो कार्यक्रम लाई निरन्तरता दिने वताएकी छन् ।