रास्कोटमा नव र्निमित एकिकृत नमुना वस्ती हस्तान्तरण

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा नव र्निमित एकिकृत नमुना वस्ती एक कार्यक्रमका विच लक्षित वर्ग लाई हस्तान्तरण गरीएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोग तथा रास्कोट नगरपालिकाको कार्यन्वयनमा संचालित एकिकृत नमुना वस्ती कार्यक्रम प्रति घर लाई पाच लाखको लगानिमा घर निर्माण गरेर हस्तान्तरण गरीएको रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही पोषण ले जानकारी दिएका छन् ।

मेयर शाहीका अनुसार रास्कोट नगरपालिकाका गरीव, अतिविपन्न तथा वाढिपहिरो पिडित एक सय घरपरीवारको पुर्नवासका लागी रास्कोट नगरपालिका वडा नं ७ स्थीत पुच्छेगाउँ मा ५ करोडको लगानिमा एकिकृत नुमना वस्ती निर्माण कार्य थालनि गरीएको र उक्त वस्ती निर्माण कार्यको शिलसिलामा ७४ घर निर्माण कार्य सम्पन्न भएर कर्णालि प्रदेशका निर्वतमान मुख्य मन्त्री महेन्द्र वहादुर शाहीको प्रमुख अतिथित्यतामा हस्तान्तरण गरीएको वताएका छन्

उनका अनुसार रास्कोट ७ पोख्रीमा नव र्निमित एकिकृत नमुना वस्ती अव हरेक हिसावले नमुना वन्ने र देश तथा विदेशी पाहुनाहरुको लागी एक अध्ययन क्षेत्रकोरुपमा विकास गरी डेमोस्टेसन गर्नुका साथै फुकोट हाइड्रो ड्याम लाई निहालेर अवलोकन गर्ने स्थान तथा आगन्तुक पाहुनाहरु लाई होम स्टेको रुपमा व्यावस्थापन गरेर व्यावसायिक वस्तीको रुपमा विकास गर्ने कुराको समेत जानकारी दिएका छन् ।

रास्कोट नगरपालिकाको पोख्रीमा नव र्निमित एकिकृत नमुना वस्ती अव मानोसरोवर, फुकोट हाइड्रो पावर आयोजना, देउरामालिका तथा वडिमालिकाको यात्रा गर्ने आन्तरीक तथा वाह्य पर्यटकहरुको लागी एक अनुसरणीय तथा अवलोकन योग्य वस्ती विकास हुनुको साथै उचित वास वस्नको लागी होम स्टेको रुपमा प्रयोगमा आउने पर्यटन विज्ञले वताएका छन् ।