नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट

काठमाडौं, ८ बैशाख  ।  एसिसी प्रिमियर क्रिकेट कपमा   नेपालले चौथो विकेट गुमाएको छ। ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्।

५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको  नेपालले ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा  तथा कप्तान रोहित कुमार पौडेल २३ रनमा आउट भएका थिए ।