जसपा नेपालको बिद्यान अधिवेसन आजवाट

काठमाडौं, १० असार । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजवाट बिधान अधिवेसन सुरू हुदैँछ । आज देखी सुरु हुने बिधान अधिवेसनको अन्तिम तयारी तथा मस्याैदा बिधान अनुमोदनका लागि हिजो केन्द्रिय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा बिद्यानलाई अनुमोदन गरे पछि आजको बिद्यान महाधिवेसनमा पेश हुन लागेकाे हाे ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार साे अधिवेसन आज देखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित बिद्यानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किदै छ ।

आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ ।

पटक पटक सर्दै आएको सो बिद्यान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।