बेलायतबाट जलेर बोलको गीत ल्याए प्रदिप कार्कीले

काठमाडौँ । लामो समयदेखि बेलायतमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो निरन्तरको सक्रियता देखाइरहेका गायक प्रदीप कार्कीको स्वर रहेको तिमी जलेर बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गणेश सुवेदीका शब्द शृजनामा बिक्रम थापाको संगीत रहेको तिमी जलेर शुक्रबार बजारमा आएको हो । विशाल मानन्धरको एरेन्ज, जैदोन स्काईलेरको छायंकन र परशुको सम्पादन तथा निरज भुसालको कलरिगं रहेको सार्वजनिक गीतको निर्देशन सुरेन्द्र मल्ल ठकुरीले गरेका हुन् ।

गायक कार्कीले यसअघि गत महिना मात्रै तै मायाको बोलको गीतको भिडियो बजारमा ल्याएका थिए । जसले राम्रो चर्चा समेत बटुलेको थियो । सार्वजनिक गीतको भिडियो गायक कार्कीको अफिसियल च्यानल प्रदीप कार्कीबाट बजारमा आएको हो ।