शाहरुख खान मुम्बइ एयरपोर्टमा, नाकमा चाेट देखियाे

मुम्बइ, २० असार । बलिउडका किंग खान अर्थात् शाहरुख खानको सुटिङको क्रममा दुर्घटना र शल्यक्रियाको खबरले फ्यानलाई चिन्तित बनाएको छ । उनका प्रबन्धकले ती समाचार झुटो भएको बताएका छन् ।

तर, अहिले युवा अभिनेता मुम्बई फर्किएका छन्, जसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सोही क्रममा उनको नाकमा चोट देखिएको छ । यद्यपि उनी स्वस्थ देखिन्छन्। यो भिडियो हेरेपछि फ्यानहरुले शाहरुखको रिकभरीको बारेमा प्रतिक्रिया दिइरहेका छन् ।

पापाराजीले सेयर गरेको भिडियोमा अभिनेता शाहरुख खानलाई निलो स्वेटसर्ट र हल्का नीलो जिन्समा अंगरक्षकसँगै निस्किएको देख्न सकिन्छ । यस क्रममा उनको नाकमा पट्टी देख्न सकिन्छ । भिडियोमा उनी ठिक देखिए पनि फ्यानहरुले राहतको सास फेरेका छन् ।

यस बाहेक, किंग खानको बेटर हाफ अर्थात् गौरी खान र कान्छो छोरा अब्राम खान शाहरुख खानसँग मुम्बई फर्केको भिडियोमा देखिएका छन् ।