‘सालार’ मार्फत फर्किए प्रभास, फ्यान भन्छन विश्र किर्तिमान बनाउन सक्छ

मुम्बइ, २१ असार । आदिपुरुष पछि प्रभास स्टारर फिल्म सालारको चर्चा अहिले जताततै छ । रिलिज अगावै फिल्मले पाइरहेको माया हेर्दा सालार हिट हुने देखिन्छ ।

यसैबीच, प्रभास स्टारर फिल्म सालार पार्ट १: सिजफायर प्रशान्त नील निर्देशित फिल्मको टिजर रिलिज भएको छ, जसको सामाजिक सञ्जालमा तिब्र चर्चा भइरहेको छ । यति मात्र होइन, सालारले विश्व कीर्तिमान पनि हल्लाउन सक्ने फ्यान बताउँछन् ।

केही फरक गर्ने सोच बनाएर निर्माण पक्षले आज अर्थात असार ६ गते बिहान ५ः१२ बजे टिजर आउने घोषणा गरेर दर्शकमाझ उत्साह बढाएको थियो । टिजरमा दमदार एक्सन र जबरदस्त संवादको झलक देख्न सकिन्छ ।

दुइ मिनेट भन्दा कमकाे टिजर सुरु हुन्छ, टिनु आनन्द आफ्नो कार बाहिर उभिएर धेरै हतियारधारी मानिसहरूले घेरेका थिए। तर, तिनु आफ्नो खतराको बारेमा चिन्तित छैनन् र उनीहरूलाई भन्छन्, “सिंह, बाघ, चितुवा, हात्तीहरू धेरै खतरनाक छन् तर जुरासिक पार्कमा होइन, यति हो …” र त्यसपछि प्रभासको परिचय हुन्छ। उनी लडाईको दृश्यको बिचमा छुराको आकारको तरवार लिएर देखिन्छन्। यसपछि निधारमा टिका लगाएका पृथ्वीराज सुकुमारनको पनि झलक देखिन्छ ।

फिल्ममा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, ईश्वरी राव, जगपति बाबु, श्रिया रेड्डी र अन्यलाई ठूलो पर्दामा आफ्ना क्यारेक्टरहरू द्वारा फ्यानहरूलाई लोभ्याउनेछ। प्रशान्त नील द्वारा निर्देशित, बहुप्रतिक्षित फिल्म सेप्टेम्बर २८, २०२३ मा, तेलुगु, कन्नड, मलयालम, तमिल र हिन्दी सहित ५ भाषाहरूमा थिएटरमा प्रर्दशन हुनेछ।