सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै सक्दैन: ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै नसक्ने बताएका छन् । सोमबार एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले सुन प्रकरणमा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको र माओवादीको संलग्नता देखिएको दाबी गरे । उनले यसघटनाक्रमलाई माओवादीले अन्यत्र मोड्न खोजेको आरोप पनि लगाए।

उनले प्रश्न गर्दै भने‘गोदाममा रहेको साढे ९ किलो सुन हरायो, योभन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ ? उनले थपे ‘गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको रु यसमा गृहमन्त्रीको संलग्नता छ, यसै कारण गृहमन्त्रीको राजीनामा मागिएको हो।’