रास्कोट नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिंङ्गसिल्ड प्रतियोगीता संचालन

१ कार्तीक २०८० कालीकाेट ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिंङ्गसिल्ड प्रतियोगीता नगरपालिकाको आयोजना तथा पालिका स्थित चार वटा माध्यामीक विद्यालयको सहभागीतामा संचालन गरीएको छ ।

प्रतियोगीतामा सहभागीहरुले भलिवल, दौड, लमजम्फ, त्रिपल जम्फ, हाम्जम्फ, सटफुट, ज्यापिलिंग थ्रो, कवडी लगायतका खेलहरु महीला पुरुषहरुले खेल्ने सहभागी शिक्षक प्रसाद कृष्ण वरालले वताएका छन् ।

शिक्षक वरालका अनुसार खेलकुद प्रतियोगीता रास्कोट नगरपालिका मेयर र्धमराज शाही (पोषण) को प्रमुख अतिथित्यता र उपमेयर मनी राज वरालको को विशेष अतिथीत्यतामा संचालन गरी मंसीर २ गते सम्म संचालन रहने वताइएको छ ।