रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १९ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।

रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ रहेको छ ।

उहाँले भन्नुभयो, “आगामी अधिवेशनका लागि ४० विधेयकमध्ये आ¬–आफ्नो समितिमा जाने विधेयक कुन कुन हुन् र त्यसको तयारी के छ भन्ने विषयमा छलफल हुनेछ । यस्तै, यस अधिवेशनमा हामीले उठाउन चाहेका मुद्दाका बारेमा समेत छलफल हुनेछ ।”