पुष्प र शिल्पा अभिनित राज मुकारूङको ‘नारी’ सार्वजनिक ( भिडियो )

गीतकार राज मुकारूङको नयाँ सांगीतिक कोसेली ‘नारी’ गीत सार्वजनिक भएको छ । लोकप्रिय गायिका प्रबिशा अधिकारीको सीडी विजय अधिकारीको सगीत रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

नक्षेत्र फाउन्डेसन (Nakshatra Foundation) युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘नारी’ गीतको भिडियोमा अभिनेता पुष्प खड्का र शिल्पा पोखरेलको अभिनय रहेको छ, भिडियोमा नारीको भावना,बेदना र महिला हिँसाको बारेमा सशक्त देखाइएको छ।

भिडियोलाई धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन्। भिडियोमा उत्तम हुमागाईं को सिनेमाटो ग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।