रास्कोट नगरपालिकाद्धारा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घर घरमा वितरण

काठमाडौँ । रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर घरमा बैँक सेवा मार्फत ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई वितरण गरेको छ ।

यस आर्थिक वर्षमा दोस्रो पटक वितरण गर्दै नगरपालिकाले एक पटकमा २ सय ५० जना जेष्ठ नागरिक लाभान्वित भएको रास्कोट नगरपालिकाका सामाजिक सुरक्षा पन्जिकरण शाखा प्रमुख हुकुम शाहीले जानकारी दिए ।

शाखा प्रमुख शाहीका अनुसार रास्कोट नगरपालिकाले अहिलेसम्म घरघरमा घुम्ति सेवामार्फत नगरपालिकाले दिने सेवाहरु सबै उपलब्ध गराउँदै आएको छ ।

रास्कोटमा मेयरका रुपमा धर्मराज शाही पोषण आएपछि नगरपालिकामा धमाधम विकाशका कामहरु तिब्र गतिमा अघि बढेको स्थानीयहरु बताउँछन् ।