बझाङ २८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । यो अचम्मको घटना हो बझाङको । बझाङको छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ । शारिरीक रुपमा अशक्त युवतीलाई बालकले जर्बजस्ती करणी गरेको उनकी आमाले देखे पछि घटना बाहिर आएको हो ।